पर्सा निर्वाचन क्षेत्र नं ३ को (क) बाट प्रदेश सभा सदस्यमा साहको नाम सिफारिस

रुपन्देही खबर , २६४  पटक हेरिएको

वीरगंज, भदौ १६

पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं ३ को (क) बाट प्रदेश सभा सदस्यमा शिव कुमार साह को नाम सिफारिस गरिएको छ।

 

जनता समाजबादी पार्टी नेपालको निर्वाचन क्षेत्र नं ३ (क) प्रदेश सभा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकबाट शिव कुमार साह को नाम सिफारिस गरिएको छ।

साह जनताको सेवामा निरन्तर दिनको दिन रातको रात नबुझी सेवामा लागिरहने आफनो क्षेत्रमा नाम कमाएका व्यक्ति हुन ।

 

साह दिनदुखीलाई सधै माया गर्ने र बिरामी परेको बेला गरिबी परिवार लाइ आर्थिक सहयोग जहिले पनि गर्ने नेता मध्ये सामाजिक सेवामा जहिले समर्पित रहने व्यक्तित्व हुन।

 

साहको क्षेत्रमा अहिले अहिले पुरानो लाइ छोडौ नयाँ लाइ हेरौ भन्ने अभियान नै चलेको पाइएको पाइएको छ जसमध्ये शिव कुमार साह को नाम अहिले सब भन्दा बढी चर्चामा रहेको पाइएको छ।

प्रकाशित मिति: २०२२-०९-०१ , समय : २३:४२:५२ , २ वर्ष अगाडि