अपाङ्ग मैत्री स्वास्थ्य सेवामा पहुँच पुर्याउने उदेश्यका साथ दोभासेको न्युक्तिको लागि त्रिपक्षिय संम्झौता

रुपन्देही खबर , २५६  पटक हेरिएको

बुटवल, भदौ  १७

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २९औ स्थापना दिवसको अवसरमा UNFPA को आर्थिक सहयोग र सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु, लुम्विनी प्रादेशिक अस्पताल रुपन्देही र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्विनी प्रदेशको आयोजनामा अपाङ्ग मैत्री स्वास्थ्य सेवामा पहुँच पुर्याउने उदेश्य अनुरुप दोभासेको न्युक्तिको लागि त्रिपक्षिय संम्झौता गरिएको छ भने पहुँचयुक्त सुचना बोर्ड उदघाटन गरि कार्य सुरु गरिएको छ ।

बहिरा अपाङ्गता भएका व्यक्तिहरुलाई सजहजता हुने र आगामी दिनमा समन्वय सहकार्यको माध्यमबाट लुम्बिनी प्रादेशिक अस्पताललाई अपाङ्गता मैत्री सेवा विस्तार गर्दै लैजाने उदेश्यका साथ त्रिपक्षिय संम्झौता गरि कार्य सुरु गरिएको हो ।

कार्यक्रममा लुम्विनी प्रादेशिक अस्पतालका मे सु डा. ईन्द्र ढकाल, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्विनी प्रदेशका सचिव सन्तोष पन्थी, OCMC का प्रमुख तथा प्रतिनिधि, सिद्धार्थ सामाजिक विकास केन्द्रका पुर्व अध्यक्ष पोम नारायण पौडेल, उपाध्यक्ष त्रिलोचन घिमिरे, UNFPA का प्रमुख राम थापा लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

प्रकाशित मिति: २०२२-०९-०२ , समय : ००:०३:३५ , २ वर्ष अगाडि