मायादेबी–५ गोनाहामा एक सय बोतल मदिरा नियन्त्रणमा

रुपन्देही खबर , १४०  पटक हेरिएको

मर्चवार, फागुन १९

रुपन्देही जिल्लाको मायादेबी गाउँपालिका–५ गोनाहा चोकस्थित निर्वाचन आचारसंहिता विपरीत मदिरा ओसारपसार भइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मझगावाँले १ सय बोतल मदिरा नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार निर्वाचन आचारसंहिता लागू रहेको समयमा अवैध रूपमा मदिरा ढुवानी भइरहेको विशेष सूचनाका आधारमा खटिएको टोलीले उक्त परिमाणको मदिरा बरामद गरेको हो । बरामद मदिरासम्बन्धी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०३-०३ , समय : १३:३३:४८ , २ घन्टा अगाडि