रूपन्देही–१ का सांसद सुनिल लम्सालको चुनाव खर्च १० लाख ६० हजार

रुपन्देही खबर , ८८  पटक हेरिएको

भैरहवा,फागुन २७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रूपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचित प्रतिनिधि सभा सदस्य सुनिल लम्सालले आफ्नो चुनावी खर्च १० लाख ६० हजार रुपैयाँ रहेको विवरण सार्वजनिक गर्नुभएको छ । निर्वाचन आयोगमा पेश गरिएको खर्च विवरणअनुसार लम्सालले चुनाव प्रचार–प्रसार, यातायात, कार्यालय व्यवस्थापन, प्रचार सामग्री तथा अन्य विभिन्न शीर्षकमा उक्त रकम खर्च गर्नुभएको जनाइएको छ ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि तोकिएको समयभित्र आयोगमा चुनावी खर्च विवरण बुझाउनुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार लम्सालले पनि आफ्नो खर्च विवरण बुझाउनुभएको हो ।

रास्वपाका उम्मेदवार लम्साल रूपन्देही–१ बाट विजयी भई प्रतिनिधि सभामा पुग्नु भएको हो । उहाँले निर्वाचनमा प्राप्त जनमतलाई जिम्मेवारीका रूपमा लिएर क्षेत्रको विकास र जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ ।

प्रकाशित मिति: २०२६-०३-११ , समय : १५:३०:१९ , २ घन्टा अगाडि