सुरेश यादव , ८७ पटक हेरिएको
नवलपरासी,चैत ६
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव प्रसाद भण्डारी जग्गा कारोबारको विषयलाई लिएर विवादमा तानिनुभएको छ। आफ्नै व्यावसायिक साझेदारलाई ठगी गरेको भन्दै न्यायिक छानबिनको माग गरिएको छ। जग्गा कारोबारको साझेदार दावी गरीएकी देवी गौतमका पति झविन्द्र ज्ञवालीले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार, भण्डारीले जग्गा कारोबारका क्रममा छलकपट गरी साझेदारलाई मारमा पारेको आरोप छ । ज्ञवालीका अनुसार, सुनवल-४ निवासी देवी गौतम र सरिता भण्डारी (केशव भण्डारीकी श्रीमती) बीच बर्दघाटको ज्यामिरे नजिकै जग्गा प्लटिङ गरी कारोबार गर्ने सहमति भएको थियो ।
ज्ञवालीका अनुसार , जग्गादाताहरू उत्तम तिवारी र पुनाराम न्यौपाने सँग जग्गा खरिद गर्दाको वास्तविक खरिदकर्ता र प्रक्रियाका बारेमा थाहा रहेको दाबी छ । पछिल्लो पटक बिक्रि बारे जग्गा कारोबारको साझेदार दावी गरीएकी देवी गौतमका पति झविन्द्र ज्ञवाली लाइ थाहा नहुदा बिवाद शुरु भएको हो ।
ज्ञवालीका अनुसार, २०७८ सालमा बर्दघाट-५ पाल्डाडाँमा २२ कठ्ठा जग्गा प्रतिकठ्ठा ९ लाख ४० हजारका दरले कुल २ करोड ६ लाख ८० हजारमा खरिद प्रक्रिया सुरु गरिएको थियो । जसमा ५० लाख रुपैया जग्गाधनिलाइ बैनाबापत दिएको र खरिद प्रकृयामा रकम अभाव भएपछि छिमेकि नाताका केशव भन्डारीलाइ साझेदार बनाउने सहमति पछि उहा जोडीनुभएको दावी छ ! ततपस्चात पूर्वाधार विकासमा ज्ञवाली परिवारले थप लगानी गरेको दाबी गरिएको छ ।
पहिलो चरणमा आपसी सहमतिमा कारोबार भए पनि पछिल्लो पटक २ करोड रुपैयामा जग्गा बिक्रि गरेको तथ्य सार्वजनिक भएपछि बिवाद भएको हो ।
ज्ञवालीका अनुसार , सुरुमा ३६ कित्तामध्ये १९ कित्ता जग्गा सरिता रानाभाट र दामोदर पाण्डेय लगायतलाई बिक्री गर्दा आपसी सहमतिमै काम भएको थियो। सो समयमा जग्गा बिक्रीबाट प्राप्त भएको रकममध्येबाट जग्गा कारोबारको साझेदार दावी गरीएकी देवी गौतमका पति झविन्द्र ज्ञवालीलाई ७ लाख ८० हजार र देवी गौतमलाई १० लाखको चेक गरी कुल १७ लाख ८० हजार रुपैयाँ बुझाइएको थियो। बाँकी हिसाब अर्को पटक जग्गा बिक्री गर्दा राफसाफ गर्ने आश्वासन दिइएको ज्ञवालीको दाबी छ।
ज्ञवालीका अनुसार ,३६ कित्तामध्ये सुरुमा १९ कित्ता जग्गा बिक्री हुँदा करिब २ करोड रुपैयाँ संकलन भएको थियो। सो समयमा सरिता भण्डारी र केशव भण्डारीले आफ्नो नाममा रहेको बैंकको ठूलो ऋण (लोन) तिर्नुपर्ने भनेपछी हामीले कम रकम सहमतिमै बुझेको हो ।
ज्ञवालीका अनुसार, पहिलो चरणमा केही कित्ता जग्गा बिक्री हुँदा झविन्द्र ज्ञवालीले १७ लाख ८० हजार रुपैयाँ मात्र बुझेको र बाँकी हिसाब पछि गर्ने सहमति भएको थियो । तर, २०८२ फागुन २९ गते साझेदार देवी गौतमलाई कुनै जानकारी नदिई बाँकी रहेका १६ कित्ता जग्गा २ करोड रुपैयाँमा बिक्री गरेको आरोप ज्ञवालीले लगाउनुभएको छ।
यता ,केशव भण्डारीका अनुसार झविन्द्र ज्ञवाली र उनकी श्रीमती देवी गौतम जग्गाको साझेदार नभई कमिसनमा काम गर्ने व्यक्तिहरू हुन्। उहाँले भन्नुभयो, “यदि उनीहरू वास्तविक साझेदार हुन्थे भने किन कानुनी रूपमा साझेदारीको कागजात बनाइएन ? उनीहरूलाई काम गरेबापतको आवश्यक कमिसन रकम हामीले दिइसकेका छौँ ।” भण्डारीले आफूहरूले नै जग्गा व्यवस्थापन गरेको जिकिर गर्नुभयो।
प्रकाशित मिति: २०२६-०३-२० , समय : १६:४६:४१ , १ घन्टा अगाडि