रुपन्देहीमा लागुऔषधसहित ३ जना पक्राउ

रुपन्देही खबर , ११०  पटक हेरिएको

भैरहवा, चैत ८

रुपन्देहीमा प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। सिद्धार्थनगर नगरपालिका–१ डण्डा क्षेत्रबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

चैत ५ गते साँझ करिब ६ बजे सशस्त्र प्रहरी सुरक्षा गुल्म डण्डा र इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको संयुक्त चेकिङ टोलीले डग स्न्यापिङ (सुँघ्ने कुकुर) सहित विशेष चेकजाँच सञ्चालन गरेको थियो। सोही क्रममा शंकास्पद अवस्थामा रहेका तीन जनामाथि जाँच गर्दा उनीहरूको साथबाट लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट डायजेपाम (Diazepam) इन्जेक्सन २ एमएलका १२ एम्पुल, बुप्रेनोर्फिन (Buprenorphine) इन्जेक्सन २ एमएलका २४ एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड (Promethazine Hydrochloride) इन्जेक्सनका १६ एम्पुल बरामद गरिएको छ। त्यसैगरी उनीहरूको साथबाट POCO, OPPO र NOKIA कम्पनीका तीन थान मोबाइल समेत फेला पारी प्रहरीले बरामद गरेको छ।

पक्राउ पर्नेहरूमा सिद्धार्थनगर नगरपालिका–२ मेउडीहवा बस्ने २६ वर्षीय अनिष आले, ओमसतिया गाउँपालिका–३ बस्ने ३२ वर्षीय अबिनाश गुरुङ (अभिषेक गुरुङ) र कञ्चन गाउँपालिका–३ हरैया स्थायी घर भई हाल सिद्धार्थनगर–१३ शान्तिनगर बस्दै आएका २२ वर्षीय सुजन सारु रहेका छन्।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएपछि रुपन्देही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ। लागुऔषध नियन्त्रण तथा ओसारपसार रोकथामका लागि सीमा क्षेत्र आसपासमा प्रहरीले चेकजाँचलाई कडाइ गरेको बताइएको छ। साथै, यस्ता गतिविधिमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याइने प्रहरीको भनाइ छ।

प्रकाशित मिति: २०२६-०३-२२ , समय : १४:३०:२० , २ घन्टा अगाडि