रुपन्देही खबर , १५८ पटक हेरिएको
नवलपरासी,चैत ८
जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) मा कार्यरत प्रहरी सहायक निरीक्षक जनार्दन यादवलाई फागुन महिनाको “उत्कृष्ट प्रहरी (Best Police of the Month)” को रूपमा सम्मानित गरिएको छ।
प्र.स.नि यादवले आफ्नो जिम्मेवारीमा उत्कृष्ट योगदान पुर्याउँदै अवैध भन्सार छली, चोरी निकासी नियन्त्रण, पैठारीका सामान नियन्त्रण र राजस्व चुहावट रोकथाममा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ।
साथै, उहाँले विभिन्न राजनैतिक दल तथा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्दै मिति २०८२।११।२१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र सुव्यवस्थित वातावरणमा सम्पन्न गराउन मद्दत गर्नु भएको थियो।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले यादवको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रशंसा-पत्र प्रदान गर्नुभएको हो। उहाँको प्रतिबद्धता र दक्षताले प्रहरी संस्थाप्रति जनविश्वास अझ बलियो हुने विश्वास गरिएको छ।
प्रकाशित मिति: २०२६-०३-२२ , समय : १७:४७:३३ , २ घन्टा अगाडि