रुपन्देही खबर , २९ पटक हेरिएको
काठमाण्डौ,चैत १२,
साफ २० वर्षमुनिको च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गरेको छ । माल्दिभ्सको मालेमा रहेको नेश्नल स्टेडियममा हिजो भएको खेलमा नेपालको जितमा सुवास बमले एक मात्र गोल गरे । यो जितसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । नेपालले जितसँगै ६ अंक बनाएको छ । नेपालले पहिलो खेलमा भुटानलाई २–१ ले हराएको थियो ।
नेपालले अब भोलि आयोजक माल्दिभ्ससँग खेल्नेछ । नेपाल रहेको समूह ‘ए’ मा आयोजक माल्दिभ्स, भुटान र श्रीलंका रहेका छन् भने अर्को समूहमा भारत, पाकिस्तान र बंगलादेश छन् । राउन्ड रोबिन लिगपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
प्रकाशित मिति: २०२६-०३-२६ , समय : ०९:४५:१५ , २ घन्टा अगाडि