रुपन्देही खबर , ९१ पटक हेरिएको
काठमाण्डौ,चैत १४
पूर्व गृहमन्त्री रमेश लेखकले राजनीतिक प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरिएको बताउनुभएको छ । उहाँले यसविरुद्ध राजनीति र कानुनी लडाइँ लड्ने प्रतिक्रिया दिनुभयो । आज बिहान भक्तपुरको कटुन्जेमा रहेको निवासबाट प्रहरीले पक्राउ गरेपछि लेखकले राजनीतिक र कानुनी लडाइँ लड्न तयार रहेको बताउनुभयो ।
तर गृहमन्त्री सुधन गुरुङले भने कानुनभन्दा माथि कोही नभएको र कसैमाथि प्रतिशोध नसाधिएको बताउनुभएको छ । आज बिहान पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ पर्नुभएको हो ।
प्रकाशित मिति: २०२६-०३-२८ , समय : ०८:२३:२३ , १ घन्टा अगाडि