रासस , ८० पटक हेरिएको
चितवन,चैत १५
नारायणी नदी नजिक पानी जमेको खाल्टोमा डुबेर दुई जना किशोरको ज्यान गएकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालकाअनुसार पौडी खेल्ने क्रममा भरतपुर महानगरपालिका–१६ का समन रम्तेल र प्रशान्त क्षेत्रीको डुबेर ज्यान गएकाे हो । उनीहरूकाे शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति: २०२६-०३-२९ , समय : १८:०५:२४ , २ घन्टा अगाडि