कृष्णनगरमा छाडा चौपाया आतंक, व्यवस्थापन गर्न स्थानीय तहले दिएन चासो

प्रिन्स मिश्रा , ४८१  पटक हेरिएको

कपिलवस्तु, भदौ १९

कपिलवस्तुको कृष्णनगर नगरपालिकाको बहादुरगंज , डबरा, शिवानगर र कृष्णनगरको सडकमा छाडिएका पशु चौपाया नियन्त्रण गर्न सम्बन्धित निकायले बेवास्ता गर्दा समस्या बन्दै गएको छ । स्थानीय सरकारले छाडा पशु चौपायाको व्यवस्थापन गर्न ठोस कदम चाल्न नसके पछि दिन प्रति दिन सास्ति बन्दै गएको छ ।पशु चौपायाले ठाउँ–ठाउँमा सडक कब्जा गरेपछि सवारी दुर्घटनाको जोखिम ह्वात्तै बढेको छ ।

 

स्थानीयले पटपटक आवाज उठाउँदा पनि कृष्णनगर नगरपालिकाले झिनो प्रयास समेत नगर्दा समस्याको समाधान हुन सकेको छैन । छाडा पशु चौपायाका कारण सडकमा दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै स्थानियहरुले पटकपटक आवाज उठाउँदा समेत नगर मौन रहेको नगरवासिहरुले आरोप लगाएका छन ।

 

कानुनले सडकमा छाडा पशु र चौपाया व्यवस्थित गर्ने अधिकार स्थानीय सरकारलाई दिए पनि कृष्णनगर नगरपालिकाले कानुनलाई वेवास्ता गर्दै छाडा पशु चौपाया व्यवस्थित गर्न स्थानीय सरकार लापरवाह देखिएको छ । छाडा चौपायाले गर्दा सडक जाम हुने, सडक दुर्गन्धित हुने, स्थानियहरुको कृषिबालि नष्ट पार्ने घटना नयाँ होइन । अहिले कृष्णनगरका विभिन्न चोक तथा सडकका गल्लीमा छाडा चौपायाको हुल नै देखिन्छ ।

 

सडकमा जथाभावी छाडिएका छाडा चौपायाले ट्राफिक आवागमनमा समस्या हुन थालेको छ। छाडा चौपाया नियन्त्रणमा कृष्णनगर नगरपालिकाले कुनै कदम नचालेकोले नगरवासिले गुनासो गरेका छन ।

केहि महिना अगाडि छाडा चौपायाको व्यवस्थापन गर्न जिल्लाका सबै पालिकाका प्रमुख र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र सहितको वैठकले बुद्धभुमी नगरपालिका वडा ९ मा रहेको गब्दहवा स्थानमा १ सय हेक्टर क्षेत्रफलमा तारवार गरेर छाडा चौपायाको व्यवस्थापन गर्ने भन्दै छलफल भएको थियो ।

 

प्रकाशित मिति: २०२२-०९-०४ , समय : १५:२५:४४ , २ वर्ष अगाडि