रुपन्देहीमा ७ लाखभन्दा बढीको अबैध सामान बरामद

रुपन्देही खबर , ८९  पटक हेरिएको

भैरहवा, चैत १८

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाको बिभिन्न स्थानबाट ७ लाख ८९ हजार एक सय ६६ रुपैया बराबरको अबैध सामान नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार जिप्रका रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आज बुधबार जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेको अवस्थामा उक्त रकम बराबरको अबैध सामान बरामद गरेको हो ।

जिप्रका रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आज सिद्धार्थनगर नगरपालिका वडा नं. १ स्थित बेलहिया कोटहीमाई मन्दिर नजिकबाट अन्दाजी मूल्य रु. ३ लाख, ५५ हजार ,८ सय ६६ रुपैया बराबरको ६९ पिस मामर्थ फेस मास्चराईजर, ८ पिस लोटस् मोस्चराईजर क्रिम, १० पिस लोटस् मसाज क्रिम र विभिन्न कॉस्मेटिक सामानहरु बरामद गरेको हो । यस्तै गरी प्रहरीले कोटहिमाइ गाँउपालिका वडा नं. ३ स्थित मुर्दैयाघाटबाट ७१ हजार ,९ सय रुपैया बराबरको सेण्डो २०० पिस, हुक्काको फेलेवर र बिभिन्न किसिमका कस्मेटिक सामानहरु बरामद गरेको जनाएको छ ।

यस्तै गरी मायादेबी गाँउपालिका वडा नं. ५ स्थित गोनाहा बाट २० हजार ४ सय रुपैया बराबरको विभिन्न किराना सामानहरु बरामद गरेको छ । यस्तै गरी मायादेवी वडा नं. ६ स्थित गुरबनियाबाट ३२ हजार ५ सय रुपैया बराबरको लु १० प ३०४१ नं.को मोटरसाइकल सहित ५० किलो ब्रोइलर कुखुरा बरामद गरेको प्रहरीले जनाएको छ ।

यस्तै गरी बुटवल उपमहानगरपालिका ४ स्थित ट्राफिकचोकबाट १ लाख ६८ हजार रुपैया बराबरको १६८ पिस लेडिज सुट बरामद प्रहरीले जनाएको छ ।
यस्तै गरी सिद्धार्थनगर नगरपालिका वडा नं. १ स्थित बेलहिया कोटहीमाई मन्दिर नजिकबाट ३० हजार रुपैया बराबरको ३ वटा पाडा पाडी बरामद गरेको प्रहरीले जनाएको छ ।

यस्तै गरी मायादेबी गाँउपालिका वडा नं. ५ स्थित गुरबनिया चोकबाट ६ हजार रुपैया बराबरको ७५ के.जि. चिनी, रोहिणी गाउँपालिका वडा नं. १ स्थित गुजरपुरबाट ९ हजार २ सय रुपैया बराबरको १ वटा साइकल सहित २४ ब्रोइलर कुखुरा, लुम्विनी साँस्कृतिक नगरपालिका वडा नं. १३ स्थित वढवलियाबाट ४१ हजार तीन सय रुपैया बराबरको १३० केजी चिनी र विभिन्न किराना सामाग्रीहरु, र सिद्धार्थनगर नगरपालिका वडा नं.१ स्थित पक्लिहवाबाट ५४ हजार रुपैया बराबरको लु ८१ प ३१३४ नं.को स्कुटर सहित ३० के.जी. बोईलर कुखुराको मासु बरामद गरेको प्रहरीले जनाएको छ। बरामद गरिएका सामान र सवारी साधन आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०४-०१ , समय : २१:२१:४४ , १ घन्टा अगाडि