प्रिन्स मिश्रा , ४०६ पटक हेरिएको
कपिलवस्तु, भदौ १९
लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसले पहिलो पटक खेलकूद सप्ताह आयोजना गरेको छ । लुम्बिनी विश्वविद्यालय केन्द्रिय क्याम्पसले लुम्बिनी पर्सामा पहिलो पटक खेलकुद सप्ताह आयोजना गरेको छ । खेलकुद सप्ताहको उद्घाटन गर्दै क्याम्पस प्रमुख नीर बहादुर गुरुङले सम्पूर्ण विद्यार्थीहरुलाई यो कार्यक्रम विश्वविद्यालयकै लागि पहिलो आयोजना भएकोले यसलाइ सफलता पूर्वक सम्पन्न गर्न सबैको सहयोग र सहभागिता आवश्यक रहेको बताउनुभयो ।
उहाले खेल सप्ताहले विश्वविद्यालयको गरीमा बढाउने, शैक्षिक विकासमा सहयोग पुग्नुका साथै मैत्रीभाव, करुणाभावको विकास गर्ने, शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउने बताउनुभयो ।
केन्द्रीय क्याम्पसको स्थापाना दिवसको पूर्वसन्ध्यामा आयोजित यो कार्यक्रम आज देखि ५ दिन सञ्चालन हुनेछ । कार्यक्रममा क्रिकेट, भलिबल, फुटसल, टेबल टेनिस, व्याडमिण्टन, चेस, स्लो साइकल रेस, चेस, डोरी तान्ने र स्पोन रेस गरी ११ वटा खेल प्रतियोगिता समावेश गरिएको छ ।
केन्द्रीय क्याम्पसमा अध्ययनरत वि.टि.टि.एम, वि.ए, ग्रामिण विकास भोट बौद्ध अध्ययन कार्यक्रम अन्तर्गत सबै सेमेष्टरका विद्यार्र्थीहरुको सहभागिता रहेको क्यापस प्रमुख निर बहादुर गुरुङले बताउनु भयो । प्रतियोगितामा महिला तथा पुरुष खेलाडीहरुको सहभागीता रहेको छ ।
प्रकाशित मिति: २०२२-०९-०४ , समय : १६:३८:५२ , २ वर्ष अगाडि