प्रतिबन्धित बेटिङ प्लेटफर्म चलाए कडा कारबाही हुने प्रहरीको चेतावनी

रुपन्देही खबर , ५६  पटक हेरिएको

काठमाण्डौ,चैत २०

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रतिबन्धित अनलाइन सट्टेबाजी साइट तथा प्लेटफर्म सञ्चालन गरी कारोबार नगर्न तथा नगराउन पुनः सचेत गराएको छ ।

सरकारले यसअघि नै अनलाइन सट्टेबाजी अनलाइन तथा प्लेटफर्म बन्द गरिसकेको छ । ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार गैरकानुनी क्रियाकलाप नगर्न तथा नगराउन सबैमा अनुरोध गरिएको छ ।

त्यस्तो गरिएको पाइए उपकरणसमेत जपथ हुने ब्यूरोले जनाएको छ । बन्द गरिएका कुनै पनि सट्टेबाजी अनलाइन एप वा प्लेटफर्ममा कुनै पनि कारोबार नगर्न तथा नगराउन, कहीँकतै त्यस्तो गरेको पाइए जानकारी गराउन ब्यूरोले अनुरोध पनि गरेको छ ।

प्रकाशित मिति: २०२६-०४-०३ , समय : ०९:००:२३ , १ घन्टा अगाडि