आईपीएल क्रिकेटमा चेन्नईको लगातार दोस्रो हार : पञ्जाब ५ विकेटले विजयी

रुपन्देही खबर , ७२  पटक हेरिएको

काठमाण्डौ,चैत २१

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्सले चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराएको छ । चेन्नईमा हिजो भएको खेलमा पञ्जाबले २१० रनको लक्ष्य १८ ओभर ४ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । पञ्जाबका कप्तान श्रेयस अय्यरले २६ बलमा अर्धशतक पूरा गरे । टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०९ रन बनाएको थियो । उसका आयुष म्हात्रेले ४३ बलमा ७३ रन बनाए । चेन्नईको यो लगातार दोस्रो हार तथा पञ्जाबको दोस्रो जीत हो ।

आफ्नो पहिलो खेलमा चेन्नई राजस्थान रोयल्ससँग ८ विकेटले पराजित भएको थियो । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई ३ विकेटले हराएको थियो । अहिलेसम्म चेन्नईले ५ पटक उपाधि जित्दा पञ्जाब उपाधिविहीन छ ।

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । नेपाली समयअनुसार आज दिउँसो पौने ४ बजे दिल्लीमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स तथा बेलुका पौने ८ बजे अहमदावादमा गुजरात टाइटन्स र राजस्थान रोयल्सले खेल्दैछन् । आईपीएलमा १० वटा टोली सहभागी छन् ।

प्रकाशित मिति: २०२६-०४-०४ , समय : ०८:२७:४१ , २ घन्टा अगाडि