भक्तपुरमा ‘स्विप अपरेसन’: एकैदिन ६० जना पक्राउ

रुपन्देही खबर , १२२  पटक हेरिएको

काठमाडौँ,चैत २२

जिल्ला प्रहरी परिसर भक्तपुर ले सञ्चालन गरेको ‘स्विप अपरेसन’ अन्तर्गत एकैदिन ६० जनालाई पक्राउ गरिएको छ।

प्रहरी परिसरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्का का अनुसार जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। जिल्लाभित्र रहेका दुई वटा प्रहरी वृत्त, प्रहरी प्रभाग तथा अन्य युनिटहरूलाई परिचालन गरी अपरेसन सञ्चालन गरिएको उहाँले बताउनुभयो।

सार्वजनिक स्थलहरूमा शान्ति–सुरक्षा भङ्ग गर्ने, शङ्कास्पद गतिविधि गर्ने, समूहमा बसेर होहल्ला तथा गलत गतिविधिमा संलग्न हुने व्यक्तिहरूलाई लक्षित गरी कारबाही गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: २०२६-०४-०५ , समय : ०७:४३:०४ , ८ घन्टा अगाडि