रुपन्देही खबर , ११८ पटक हेरिएको
काठमाण्डौ, चैत २२
सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ ।
आजको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । अस्ति शुक्रबार अर्यालले सभामुखमा मनोनयन दर्ता गर्नुभएको थियो । सभामुख पदमा उहाँको एकल उम्मेदवारी परेको छ । प्रतिनिधिसभाको बैठकबाट सभामुख पदमा अर्याल निर्वाचित भएको औपचारिक घोषणा हुने छ ।
त्यस्तै, राष्ट्रियसभाको बैठक दिउँसो सवा १२ बजे बस्नेछ । बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर गर्नुहुनेछ । त्यस्तै, सभाध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकमा अध्यक्षतामा गर्ने सदस्यहरूको नाम मनोनयन गर्नुहुनेछ ।
कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्नुहुने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२६-०४-०५ , समय : ०७:५३:०७ , ८ घन्टा अगाडि