तिलोत्तमा–कुन्जलापुरमा भार्सेली सेवा समाजको ८औं वार्षिक भेटघाट सम्पन्न

रुपन्देही खबर , ७७  पटक हेरिएको

तिलोत्तमा, चैत २२

भार्सेली सेवा समाज तराई क्षेत्र, लुम्बिनी प्रदेश रुपन्देहीको ८औं वार्षिक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम तिलोत्तमा–कुन्जलापुरमा सम्पन्न भएको छ । समाजका क्याप्टेन सोम बहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष भुजेलले २०८१ देखि अहिलेसम्मको वार्षिक प्रतिवेदन प्रस्तुत गर्र्नु भएको थियो । समाजको आर्थिक झिसाब किताब सहितको आय व्यय प्रस्तुत गर्दै कोषाध्यक्ष निल प्रसाद रानाले भार्सेलीहरुको सहयोग र समाजसेवाप्रतिको धारणा निकै सकारात्मक रहेको बताउनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सत्यवती गाउँपालिकाका अध्यक्ष होम बहादुर रानाले भार्सेलिहरुको त्याग र समर्पण देशको निर्माण र समृद्ध परिकल्पनामा ठुलो भूमिका रहेको बताउनु भएको छ ।

कार्यक्रममा आफनो धारणा राख्दै भार्सेलीहरू एकजुट भएर समाज बिकासमा लाग्नु पर्ने बताउदै सत्यवती गाउँपालिकाका कार्यपालिका सदस्य कल्पना पचभैया काउचा, संस्थापक अध्यक्ष लोक बहादुर गुरुङ, निवर्तमान अध्यक्ष मोति प्रसाद राना, तथा ९५ वर्षीय ज्येष्ठ नागरिक मानसिंह गुरुङले समाजको बिकासका लागि सबै मिल्नुपर्ने बताउनु भएको थियो ।

उक्त अवसरमा शुभकामना आदानप्रदानका साथै भार्सेबाट आएका सांस्कृतिक नाच, कुन्जलापुरको सांस्कृतिक प्रस्तुति, झाम्रे तथा स्थानीय झुम्रा नाच थारु नृत्य समेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा २५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो भने ३ जना सामाजिक बुद्धिजीवी तथा प्रतिष्ठित व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमले समाजमा आपसी सद्भाव, एकता र सांस्कृतिक संरक्षणमा टेवा पु¥याउने विश्वास व्यक्त गरिएको छ।क्षेत्रीय प्रतिनिधि यमुना बुढाथोकीले स्वागत मन्तव्य राख्नु भएको थियो भने संचालन कार्यसमिति सचिव पदम श्रीसले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२६-०४-०५ , समय : २२:०१:५० , २ घन्टा अगाडि