गण्डकीका लेखा अधिकृत झलक शर्मा पौडलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

रुपन्देही खबर , ८८  पटक हेरिएको

काठमाण्डाै,चैत २३

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध २ करोड ५८ लाख ६४ हजार ३२४ रुपैयाँ बिगो मागदाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यस्तै पौडेलले आर्जन गरेको सम्पत्ति लुकाउन सहयोग गर्ने उनकी श्रीमती हुमाकुमारी उपाध्यायसहित जमुनाकुमारी रोका क्षेत्री, हरिप्रसाद पौडेल र शान्ति दराईविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

अख्तियारले हुमाकुमारीसँग २ करोड २३ लाख, जमुनाकुमारीसँग १ करोड ६३ लाख ६ हजार तथा पौडेल र दराईसँग समान १ करोड ३८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।

प्रकाशित मिति: २०२६-०४-०६ , समय : २०:५४:४१ , २ घन्टा अगाडि