नेपाल उद्योग वाणिज्य महासंघको नयाँ चुनावी मिति सार्वजनिक

रुपन्देही खबर , ७०  पटक हेरिएको

काठमाडौँ, चैत २८

नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभा तथा चुनाव वैशाख २१ र २२ गते हुने भएको छ । महासंघको पदाधिकारी समितिको बैठकले आउँदो वैशाख २१ र २२ गते चुनावको नयाँ मिति तय गरेको हो । यसअघि भोलि र पर्सि हुने भनिएको चुनाव उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण रोकिएको थियो ।

यसैगरी महासंघले आउँदो वैशाख ९ गते कार्यकारिणी समितिको बैठक समेत बोलाउने निर्णय गरेको छ ।

प्रकाशित मिति: २०२६-०४-११ , समय : ०८:२५:४८ , २ घन्टा अगाडि