रुपन्देही खबर , ५२ पटक हेरिएको
काठमाण्डौ,चैत २८
राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) लाई ६ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार चौथो जित निकालेको छ ।
गुवाहाटीमा हिजो भएको खेलमा साविक विजेता आरसीबीले दिएको २०२ रनको लक्ष्य राजस्थानले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । राजस्थानको जितमा वैभव सूर्यवंशी र ध्रुव जुरेलले उत्कृष्ट प्रदर्शन गरे ।
सूर्यवंशीले मात्र २६ बलमा ७८ रनको उत्कृष्ट इनिङ्स खेले । जुरेलले पनि उत्कृष्ट साथ दिँदै ३६ बलमा ८ चौका र ३ छक्कासहित अविजित ८१ रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले २० ओभरमा ८ विकेट गुमाउँदै २०१ रन बनाएको थियो ।
आरसीबीका रजत पाटीदारले ६३ रन बनाए भने वेंकटेश अय्यर २९ रनमा अविजित रहे । विराट कोहलीले ३२ रन जोडे । राजस्थानका लागि जोफ्रा आर्चर र रवि बिश्नोईले समान २/२ विकेट लिए । राजस्थान लगातार चौथो जित निकाल्दै शीर्षस्थानमा रहेको छ ।
प्रकाशित मिति: २०२६-०४-११ , समय : ०८:४४:०५ , २ घन्टा अगाडि