रुपन्देही खबर , ९६ पटक हेरिएको
नवलपरासी, वैशाख ११
नेपाल प्रेस युनियन पश्चिम नवलपरासीको आयोजनामा सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा रोक्ने निर्णयका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागीहरूले उक्त निर्णयले निजी तथा स्वतन्त्र सञ्चारमाध्यममा गम्भीर आर्थिक संकट निम्त्याउने भन्दै तत्काल पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्।
अन्तरक्रियामा बोल्दै सञ्चारकर्मीहरूले सरकारी विज्ञापन नै अधिकांश निजी मिडियाको मुख्य आम्दानीको आधार भएकाले यसलाई रोकिँदा मिडिया सञ्चालनमा प्रत्यक्ष असर पर्ने बताएका छ्न। विशेषगरी जिल्लास्तरमा सञ्चालनमा रहेका साना तथा मध्यम सञ्चारमाध्यमहरू बन्द हुने जोखिम बढ्ने उनीहरूको भनाइ थियो।
सहभागीहरूले यस्तो निर्णयले प्रेस स्वतन्त्रतामाथि समेत नकारात्मक प्रभाव पार्ने चेतावनी दिँदै लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र मिडियाको भूमिका कमजोर पार्ने कुनै पनि कदम स्वीकार्य नहुने धारणा राखेका छ्न । उनीहरूले सरकारी विज्ञापन वितरण प्रणालीलाई पारदर्शी, समावेशी र न्यायपूर्ण बनाउनुपर्नेमा जोड दिएका छ्न ।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि, पत्रकार, नागरिक समाजका अगुवा तथा सरोकारवाला निकायका व्यक्तिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले संवाद र सहकार्यका माध्यमबाट समस्याको समाधान खोज्दै मिडियाको दिगोपन सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका छन्।
प्रकाशित मिति: २०२६-०४-२४ , समय : १२:२०:३२ , २ घन्टा अगाडि