रुपन्देही खबर , ६३ पटक हेरिएको
काठमाण्डाै,बैशाख १५
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (यूएई) ले ओमानलाई २५ रनले हराएको छ ।यूएईले दिएको २६९ रनको लक्ष्य पछ्याएको ओमानले ४७ ओभर ५ बलमा २४३ रन बनाउँदा सबै विकेट गुमायो । ओमानका विनायक शुक्लाले नटआउट ५८ रन बनाए । यूएईका अजय कुमारले ६ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको यूएईले ५० ओभरमा ७ विकेट गुमाएर २६८ रन बनायो । यूएईका अर्यांश शर्माले १०५, अदीप उस्मानीले ६४, हरप्रीत सिंहले ५४ रन बनाए । ओमानका शाह फैसलले ३ विकेट लिए ।
यो जीतसँगै यूएईले लिग–२ तालिकामा २२ खेलमा १२ अङ्क जोडेर पुछारमा छ । ओमान २५ खेलमा २९ अङ्कसहित तेस्रो स्थानमा छ ।लिग–२ मा पर्सि नेपाल र ओमानबीच खेल हुनेछ । नेपाल लिग–२ तालिकामा २१ खेलमा १४ अङ्क जोडेर सातौँ स्थानमा छ ।
प्रकाशित मिति: २०२६-०४-२८ , समय : ०८:१४:२२ , २ घन्टा अगाडि