लुम्बिनी सांस्कृतिक नगरपालिकामा मेलमिलापकर्तालाई साइकिल वितरण

रुपन्देही खबर , ७८  पटक हेरिएको

लुम्बिनी, वैशाख १६

लुम्बिनी सांस्कृतिक नगरपालिकाले स्थानीय तहमा न्यायिक सेवा थप प्रभावकारी बनाउने उद्देश्यले मेलमिलापकर्ताहरूलाई साइकिल वितरण गरेको छ। आज बुधबार एक कार्यक्रममा नगरपालिकाका २४ जना मेलमिलापकर्तालाई २४ थान साइकिल हस्तान्तरण गरिएको हो।

कार्यक्रममा साइकिल हस्तान्तरण गर्दै कार्यवाहक नगरप्रमुख कल्पना हरिजनले मेलमिलापकर्ताहरू स्थानीय स्तरमा हुने सानातिना विवाद समाधानका प्रमुख आधार भएकाले उनीहरूको पहुँच र सक्रियता बढाउन साइकिल वितरण गरिएको बताउनु भएको छ । “गाउँ–टोलसम्म सहज रूपमा पुगेर सेवा दिन साइकिलले सहयोग पुग्नेछ,” उहाले भन्नू भयो, “यसले न्यायिक सेवा छिटो, सहज र प्रभावकारी बनाउन टेवा पुर्‍याउने विश्वास लिएका छौँ।”

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले मेलमिलाप कर्ताहरूलाई आफ्नो जिम्मेवारी अझ प्रभावकारी ढंगले निर्वाह गर्न आग्रह गर्दै नगरपालिकाले आवश्यक स्रोत–साधन उपलब्ध गराउँदै जाने बताउनु भएको छ । “स्थानीय तहमा हुने विवादलाई समुदायमै समाधान गर्नु नै हाम्रो प्राथमिकता हो,” उहाले भन्नू भयो । “यसका लागि मेलमिलापकर्ताहरूको भूमिका अझ महत्वपूर्ण छ, र नगरपालिकाले उनीहरूलाई आवश्यक सहयोग निरन्तर गर्नेछ।”
नगरपालिकाले समुदायमै विवाद समाधानलाई प्रोत्साहन गर्दै न्यायिक प्रणालीलाई नागरिकमैत्री बनाउने उद्देश्यले यस्तो पहल गरेको जनाएको छ।

कार्यक्रममा कार्यवाहक नगरप्रमुख कल्पना हरिजन, प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, जिन्सी शाखा प्रमुख अनेत्रा खड्का, पर्यटन तथा समन्वय शाखा प्रमुख फणिन्द्र कुमार पाल तथा न्यायिक शाखाका कर्मचारी लिलाधर बस्याल लगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०२६-०४-२९ , समय : १३:३१:०० , २ घन्टा अगाडि