आईपीएल क्रिकेटमा गुजरातले आरसीबीलाई हरायो

रुपन्देही खबर , ४३  पटक हेरिएको

काठमाण्डौ,बैशाख १८

ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) लाई हराएको छ । हिजो बेलुका अहमदवादमा भएको खेलमा गुजरातले आरसीबीलाई ४ विकेटले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको आरसीबी १९ ओभर २ बलमा १५५ रन बनाउँदा अलआउट भयो । जीतका लागि १५६ रनको लक्ष्य पाएको गुजरातले १५ ओभर ५ बलमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

आरसीबी ९ खेलबाट १२ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ भने गुजरात ९ खेलबाट १० अङ्कसहित तालिकाका पाँचौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स खेल्दैछन् ।

प्रकाशित मिति: २०२६-०५-०१ , समय : ०९:५२:५४ , २ घन्टा अगाडि