रुपन्देही खबर , ५८ पटक हेरिएको
भैरहवा,बैशाख २८
सेफ फ्युचर नेपाल (SFN) ले विभिन्न सहयोगदाताहरूबाट संकलित सहयोग रकममार्फत सिद्धार्थनगर नगरपालिका क्षेत्रका विभिन्न चोकहरूमा चौपाया जनावर तथा चराचुरुङ्गीहरूका लागि पानी खाने भाँडो राखेको छ ।
बढ्दो गर्मीलाई मध्यनजर गर्दै कुकुर, गाई लगायतका सडकमा रहेका जनावर तथा चराचुरुङ्गीहरूलाई पानीको अभाव हुन नदिन अभियान सञ्चालन गरिएको संस्थाले जनाएको छ ।
SFN का अनुसार जीवजन्तुप्रति मानवीय संवेदना अभिवृद्धि गर्ने तथा संरक्षणको सन्देश फैलाउने उद्देश्यले सार्वजनिक स्थानहरूमा पानी खाने भाँडो राखिएको हो । गर्मीयाममा अत्यधिक तापक्रमका कारण सडकमा रहेका पशुपन्छीहरू प्रभावित हुने भएकाले उनीहरूलाई सहज रूपमा पानी उपलब्ध गराउने प्रयास गरिएको संस्थाले उल्लेख गरेको छ ।
संस्थाले स्थानीयवासीलाई पनि पानी खाने भाँडोमा नियमित रूपमा पानी भरिदिन तथा जीवजन्तुप्रति सकारात्मक व्यवहार गर्न आग्रह गरेको छ ।
भैरहवाका विभिन्न चोकमा राखिएका पानीका भाँडोले सडकमा रहेका पशुपन्छीलाई राहत पुग्ने विश्वास गरिएको छ ।
प्रकाशित मिति: २०२६-०५-११ , समय : ०६:३७:०७ , १ घन्टा अगाडि