रुपन्देही खबर , ५४ पटक हेरिएको
परासी,बैशाख २८
नवलपरासी पश्चिम प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका-१५ शिवालय टोल का २० वर्षीय केशव सुनारी मगर रहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्ष अनुसार, २२ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा मगरलाई पक्राउ गरिएको हो ।
आरोपीलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२६-०५-११ , समय : २२:४९:५९ , १ घन्टा अगाडि