कपिलवस्तुमामा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु

प्रिन्स मिश्रा , ३४४  पटक हेरिएको

कपिलवस्तु, भदौ २२

कपिलवस्तुको बुद्धभुमी नगरपालिका–२ पानी धारामा मंगलबार चौपाया ( गोरु ) सँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ बाहुनखर्कका २६ वर्षीय पुष्कर भट्टराई रहेका छन ।

मङल्बार बेलुका ७ बजे पूर्व पश्चिम राजमार्गमा लु २९ प ४०४२ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिदा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका पुष्करको ४ नम्बर सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

मोटरसाइकलमा पछाडी सवार उनकै ४८ बर्षीया भाउजू राधा भट्टराईको सोहि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०९-०७ , समय : १४:२२:३४ , २ वर्ष अगाडि