रुपन्देही खबर , ३५ पटक हेरिएको
काठमाण्डाै, जेठ १
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथिको निलम्बन फुकुवा गरेको छ । राखेपले आज निःशर्त एन्फामाथिको निलम्बन फुकुवा गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राखेपका सदस्य सचिव रामचरित्र मेहता तथा एन्फाका पदाधिकारीसहितको बैठकले निलम्बनको निर्णय फिर्ता लिने निर्णय गरेको हो ।
यसअघि स्वीकृतिविना नै चुनाव गर्न लागेको भन्दै राखेपले गएको चैत १२ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो । निलम्बनपछि एन्फा नेतृत्वले चैत १३ गतेका लागि तय भएको चुनाव स्थगित गरेको थियो ।
एन्फामाथिको निलम्बन फिर्ता लिन अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) र एशियाली फुटबल महासङ्घ (एएफसी) ले पनि राखेपलाई आग्रह गरेका थिए ।
प्रकाशित मिति: २०२६-०५-१५ , समय : २१:३७:२४ , ५० मिनेटutes अगाडि