भारतले निर्यात रोके पनि नेपालमा चिनीको अभाव नहुने

रुपन्देही खबर , ४९  पटक हेरिएको

जेठ २
भारतले चिनी निर्यातमा रोक लगाए पनि पर्याप्त मौज्दात रहेको नेपाल चिनी उत्पादक संघले जनाएको छ । संघले विज्ञप्ति निकालेर चिनीको मौज्दात रहेको र मूल्य नबढाइएको जानकारी दिएको हो । चालु क्रसिङ सिजनसम्म १३ वटा चिनी उद्योग सञ्चालनमा आएको र झण्डै १ लाख ९० हजार ८ सय ७० मेट्रिक टन चिनी उत्पादन भएको संघले जनाएको छ ।

संघका अनुसार अहिलेसम्म झण्डै १ लाख ८ हजार मेट्रिक चिनी उद्योगमै मौज्दात रहेको छ । त्यस्तै बजारमा झण्डै २० हजार मेट्रिक टन चिनी मौज्दात रहेको संघको भनाइ छ । आउँदो क्रसिङ सिजनसम्म नेपालमा पर्याप्त मात्रामा चिनी उपलब्ध हुने संघले जनाएको छ । स्वदेशमा पर्याप्त मौज्दात रहेकाले तत्काल कारखाना मूल्यमा कुनै उल्लेख्य वृद्धि नहुने भएकाले अनावश्यक भण्डारण नगर्न संघले अनुरोध गरेको छ ।

प्रकाशित मिति: २०२६-०५-१६ , समय : ०९:४७:०८ , ५३ मिनेटutes अगाडि