सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष नियुक्ति प्रक्रिया रोकियो, दरखास्त आह्वान रद्द

रुपन्देही खबर , ३०  पटक हेरिएको

काठमाण्डौ,जेठ ८

सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदका लागि आह्वान गरिएको सूचना रद्द गरिएको छ । सूचना तथा सञ्चार मन्त्रालयले दरखास्त आह्वानको सूचना रद्द गरिएको जानकारी दिएको हो ।

मन्त्रालयले हिजो सूचना निकालेर दरखास्त आह्वान गरेकोमा आज फेरि सूचना निकाल्दै दरखास्त आह्वानको सूचना रद्द भएको जानकारी दिएको छ । मन्त्रालयले विशेष कारणवश दरखास्त आह्वानको सूचना रद्द गरिएको जनाएको छ ।

प्रकाशित मिति: २०२६-०५-२२ , समय : ०९:३२:३३ , १५ घन्टा अगाडि