रुपन्देही खबर , ५९ पटक हेरिएको
जेठ १५
सरकारले आउँदाे आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यलाई सङ्घीय संसदमा पेश गर्न स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अहिले दिउँसाे ४ बजे सङ्घीय संसद्को संयुक्त सदनमा आउँदाे आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) पेश गर्ने कार्यक्रम रहेको छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नै सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ ।
प्रकाशित मिति: २०२६-०५-२९ , समय : १७:२२:३० , ५ घन्टा अगाडि