कार्यसूचीमा नै प्रवेश नगरी राष्ट्रियसभा बैठक स्थगित

रुपन्देही खबर , ५४  पटक हेरिएको

काठमाण्डाै,जेठ २०

सांसदहरूको विरोधका कारण राष्ट्रियसभाको आजकाे बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा दिनुभएको ’नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विपक्षी दलले विरोध गरेपछि बैठक अवरुद्ध भएको हो ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पटक पटक आ–आफ्नो आसनमा बस्न आग्रह गरे पनि सांसदहरूले नमानेपछि बैठक आउँदो २६ गते मङ्गलवार दिउँसो १ बजेसम्मका लागि स्थगित गर्नुभएको हो । बैठकमा बजेटमाथि छलफल गर्ने कार्यसूची थियो ।

यसअघि हिजो प्रतिनिधिसभाको बैठक पनि विपक्षीको अवरोधका कारण सोमवारसम्मका लागि स्थगित भएको थियो ।

प्रधानमन्त्री शाहले जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा सांसदका प्रश्नको जवाफ दिने बेलामा नेपालले पनि भारतको सीमा मिचेको बताउनुभएको थियो । उहाँको त्यो भनाइको विरोध हुँदै आएको छ ।

प्रकाशित मिति: २०२६-०६-०३ , समय : २१:४१:२० , १ दिन अगाडि