रुपन्देही खबर , ३० पटक हेरिएको
काठमाण्डौ,जेठ २३
साविक विजेता बागमती प्रदेशले १६औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा २२ स्वर्ण, २१ रजत र १३ कास्य जित्दै बागमती टिम च्याम्पियन भएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सह–आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश दोस्रो भयो । सुदूरपश्चिमले १९ स्वर्ण, ९ रजत र १४ कास्य प्राप्त गर्यो ।
१२ स्वर्ण, १५ रजत र १८ कास्य जितेको लुम्बिनी प्रदेश तेस्रो बनेको छ । ५ स्वर्ण, २ रजत र १८ कास्यकासाथ गण्डकी प्रदेश चौथो, ४ स्वर्ण, ७ रजत र १७ कास्यसहित कोशी प्रदेश पाँचौ, ३ स्वर्ण, ६ रजत र ६ कास्यकासाथ मधेश प्रदेश छैटौं अनि २ स्वर्ण, ५ रजत र १२ कास्यसाथ कर्णाली प्रदेश सातौं भयो ।तीनदिने प्रतियोगितामा सात प्रदेशबाट ६ सय ८६ खेलाडीले एथलेक्टिस, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसुमा प्रतिस्पर्धा गरेका थिए ।
प्रकाशित मिति: २०२६-०६-०६ , समय : ०८:०३:३४ , १ घन्टा अगाडि