गाेविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त

रुपन्देही खबर , २८  पटक हेरिएको

काठमाण्डाै,

सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । सिंहदरबारमा आज बसेकाे बैठकले मुख्यसचिव नियुक्त गरेकाे सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयाे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कार्की मुख्यसचिव बन्नुभएकाे हाे ।

मन्त्रिपरिषद् बैठकले काठमाण्डाै उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्य नियुक्त गरेको छ । यस्तै कैलालीकाे गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न सरकारले स्वीकृति प्रदान गरेको छ ।

यसैगरी बैठकले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली २०८३; शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली २०८३; कारागार नियमावली २०८३; मानव अधिकारसम्बन्धी छैटौँं कार्ययोजना र भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: २०२६-०७-०८ , समय : २२:४७:५८ , १ घन्टा अगाडि