केही ठाउँमा ठूलो वर्षा, आज दिउँसो र राति पनि मुसलधारे पानी पर्ने
रुपन्देही खबर ,
४२ पटक हेरिएको
आज पनि देशका सबैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा भने मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको सम्भावना छ । आज राति कोशी, बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशको पहाडका एक/दुई ठाउँमा भने अति ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रकाशित मिति: २०२६-०७-०९ , समय : १०:०८:३७ , १४ घन्टा अगाडि