आन्तरिक मामिला मन्त्री अहिरका जनसम्पर्क सल्लाहकारमा मोहम्मद अली नियुक्त

रुपन्देही खबर , ८२  पटक हेरिएको

भैरहवा, असार २५

लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारी लाल अहिर का जनसम्पर्क सल्लाहकारमा मोहम्मद अली नियुक्त हुनुभएको छ।

मन्त्री अहिरले असार २३ गतेदेखि लागू हुने गरी अलीलाई आफ्नो सचिवालयमा जनसम्पर्क सल्लाहकारको जिम्मेवारी प्रदान गर्नुभएको हो। नियुक्तिपछि उहाँले मन्त्रीको सचिवालयमा रही जनसम्पर्क, सञ्चार समन्वय तथा सार्वजनिक सम्बन्धसँग सम्बन्धित कामकाज गर्ने जनाइएको छ।

नवनियुक्त सल्लाहकार अली रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ का स्थायी बासिन्दा हुनुहुन्छ। यस नियुक्तिसँगै मन्त्री अहिरको सचिवालयमा जनसम्पर्क तथा सञ्चार समन्वयलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०२६-०७-०९ , समय : ११:०५:१९ , १३ घन्टा अगाडि