नेपाली यू–१९ महिला क्रिकेट टोली एशिया कपमा छनोट

रुपन्देही खबर , ५  पटक हेरिएको

काठमाण्डाै,असार ३१

नेपाली महिला क्रिकेट टोली १९ वर्षमुनिको एसीसी एशिया कपमा छनोट भएको छ । मलेशियामा आज भएको एसीसी १९ वर्षमुनिको महिला प्रिमियर कपको क्वाटरफाइनलमा जापानलाई ९ विकेटले हराएर सेमिफाइनलमा प्रवेश गरेसँगै नेपाल एशिया कपमा छनोट भएको हो ।

जापानले दिएको ८९ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेट गुमाएर भेटायो । नेपालकी सावित्री धामीले नटआउट ४१ रन बनाइन् । जापानकी ममता कासवानले १ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको जापानले २० ओभरमा सबै विकेट गुमाएर ८६ रन बनायो । जापानकी बियान्का शिनोले नटआउट ३८ रन बनाइन् । नेपालका कृष्मा गुरुङ र रिया शर्माले २/२ विकेट लिए ।

अब नेपालले सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्नेछ । यस्तै अर्काे सेमिफाइनलमा इन्डोनेशिया र थाइल्यान्डबीच खेल हुनेछ । यी ४ वटै टोली एशिया कपमा छनोट भएका छन् ।

प्रकाशित मिति: २०२६-०७-१५ , समय : २२:२५:४५ , १ घन्टा अगाडि