चितवन कारागारबाट फरार वन मुद्दाका दुई कैदी रुपन्देहीबाट पक्राउ

रुपन्देही खबर , ३९  पटक हेरिएको

भैरहवा,  साउन ३

चितवन जिल्ला कारागारबाट फरार रहेका वन मुद्दाका दुई जना कैदीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार २०८२ साल भदौ २३ गतेपछि देशभर भएको प्रदर्शनका क्रममा विभिन्न कारागार कार्यालयमा तोडफोड तथा आगजनी भएपछि चितवन जिल्ला कारागारबाट वन मुद्दामा कैद सजाय भोगिरहेका नवलपरासी (बर्दघाट–४) का २१ वर्षीय समुयल नेपाली सार्की र २६ वर्षीय सुमित सुनार फरार भएका थिए।

उनीहरू फरार रहेको अवस्थामा प्राप्त गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरी टोलीले मंगलबार (असार ३१ गते) रुपन्देहीको ओमसतिया गाउँपालिका–१ स्थित सनराइज होटलबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार कार्यालय रुपन्देही पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले फरार कैदी तथा अभियुक्तहरूको खोजी अभियानलाई निरन्तरता दिइरहेको समेत जनाएको छ।

प्रकाशित मिति: २०२६-०७-१९ , समय : २०:३६:४१ , १६ घन्टा अगाडि