माग बढेसँगै अण्डाको समर्थन मूल्य पनि बढ्यो

रासस , ४  पटक हेरिएको

फाइल : तस्वीर

काठमाण्डाै,साउन २६

अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य पनि बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) ५६०, ठूलो अण्डा ५४५, मध्यमको ५०० र सानो प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य तीन हजार रुपैयाँ कायम गरिएको छ । सङ्घका अध्यक्ष विनोद पोखरेलले बर्डफ्लुको सङ्क्रमण हटेको र सङ्क्रमबाट धेरै कुखुरा मरेसँगै उत्पादन घटेको बताउनु भयाे ।

अहिले बजारमा अण्डाको माग बढेको छ । माग बढेसँगै अण्डाको मूल्य पनि बढेको हो । मूल्य बढे पनि किसानले लागत मूल्य अहिले पनि पाउन नसकेको पोखरेलको भनाइ छ ।

अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने उहाँ बताउनुहुन्छ । पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लाग्नुलगायत कारणले आफूहरु मर्कामा परेको किसानको गुनासो छ ।

प्रकाशित मिति: २०२६-०८-११ , समय : ०९:३३:३७ , १ घन्टा अगाडि