रुपन्देही खबर , ३० पटक हेरिएको
कपिलवस्तु, साउन ३१
जन्मदिनमा नगद, लुगा वा अन्य सामग्री उपहार दिने चलन सामान्य भए पनि कपिलवस्तु जिल्ला बाणगंगा -०८ ढोडेकोल निवासी एक दम्पतीले आफ्नी छोरीको भविष्य सुरक्षित गर्ने उद्देश्यसहित जीवन बीमा पोलिसी उपहार दिएर सकारात्मक सन्देश प्रवाह गरेका छन्।
अर्घाखाँची जिल्ला भुमिकास्थान–१० स्थायी घर भई हाल बाणगंगा नगरपालिका–०८ढोडेकोल निवासी पिताम्बर पाण्डे र उनकी श्रीमती नर्मदा पोख्रेल पाण्डेले आफ्नी प्यारी छोरी आशिका पाण्डेको जन्मदिनको अवसरमा ५ लाख को जीवन बीमा पोलिसी उपहार प्रदान गर्नु भएको हो ।
पाण्डे दम्पतीका अनुसार जीवन बीमा केवल जोखिम व्यवस्थापनको माध्यम मात्र नभई दीर्घकालीन बचत, आर्थिक अनुशासन र भविष्यको सुरक्षा सुनिश्चित गर्ने महत्वपूर्ण साधन हो। छोरीको उच्च शिक्षादेखि भविष्यका आवश्यकताहरूलाई ध्यानमा राखेर बीमा पोलिसी खरिद गरिएको बताउनु भयो ।
श्रीमती नर्मदा पोख्रेलले, “आजको सानो बचतले भोलि ठूलो आधार तयार गर्छ। जन्मदिनलाई केवल उत्सवमा सीमित नराखी छोरीको भविष्य निर्माणसँग जोड्ने प्रयास गरेका हौं,” भन्नु भयो ।
यस अवसरमा पिताम्बर पाण्डेले आफूले करिब १५ वर्षअघि गरेको जीवन बीमाबाट राम्रो सेवा, सुविधा र प्रतिफल प्राप्त गरेको अनुभव सुनाउँदै सबैलाई समयमै बीमा गर्न आग्रह गर्नु भएको छ । उहाले जीवन बीमाबारे सही जानकारी र परामर्श दिएकोमा प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लि मुर्गिया शाखा प्रति आभार व्यक्त गर्नु भयो ।
यसैबीच, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको मुर्गिया शाखाका प्रमुख ऋषिराम चुदालीले पाण्डेदम्पतीको निर्णयको प्रशंसा गर्दै जन्मदिन, विवाह, वार्षिकोत्सव जस्ता विशेष अवसरमा जीवन बीमा उपहार दिने संस्कारको विकास हुनुपर्ने बताउनु भयो ।उहाले भन्नु भयो “नगद वा जिन्सी सामान समयसँगै सकिन सक्छन्, तर जीवन बीमा उपहारले दीर्घकालीन बचत, आर्थिक सुरक्षा र भविष्यप्रतिको भरोसा प्रदान गर्छ। जीवन बीमा कुनै खर्च होइन, परिवारको भविष्य सुरक्षित गर्ने महत्वपूर्ण लगानी हो।”
शाखा प्रमुख चुदालीले जीवन बीमाले व्यक्तिलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहयोग गर्ने र आकस्मिक परिस्थितिमा परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने उल्लेख गर्दै सबै नागरिकलाई आफ्नो क्षमता अनुसार जीवन बीमाको दायरामा आउन आग्रह गर्नु भयो ।
बीमा क्षेत्रका जानकारहरूका अनुसार जीवन बीमाले व्यक्तिलाई आर्थिक रूपमा धनी नबनाए पनि कठिन परिस्थितिमा परिवारलाई आर्थिक संकटबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ। नियमित बचत गर्ने बानीको विकास, भविष्यका लक्ष्यहरू पूरा गर्न सहयोग तथा आर्थिक आत्मनिर्भरताका लागि जीवन बीमा प्रभावकारी माध्यम मानिन्छ।
पाण्डे दम्पतीको यो कदमले जन्मदिन वा अन्य विशेष अवसरमा खर्चमुखी उपहारभन्दा भविष्य निर्माण गर्ने उपहारको संस्कार विकास गर्न प्रेरणा दिएको छ। उनीहरूले अभिभावकहरूलाई आफ्ना सन्तानको उज्ज्वल भविष्यका लागि समयमै बचत र बीमाको योजना बनाउन आग्रह गरेका छन्।
“आजको सानो योजना र बचतले भोलिको ठूलो सपना पूरा गर्न सक्छ। जीवन बीमा केवल पोलिसी होइन, परिवारको भविष्यप्रतिको जिम्मेवारी र सुरक्षाको प्रतिबद्धता हो।”
प्रकाशित मिति: २०२६-०८-१६ , समय : ०६:२७:४५ , ५८ मिनेटutes अगाडि