रुपन्देही खबर , ८९ पटक हेरिएको
भैरहवा, भदौ १३
मोबाइल व्यवसायी सङ्गठन रुपन्देहीले बाढीपहिरो पीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख १ हजार सहयोग गरेको छ।
प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सङ्गठनले उक्त रकम कोषमा जम्मा गरेको हो। राहत रकममध्ये मोबाइल व्यवसायी तथा सहयोगी साथीहरूबाट रु. ७६ हजार ८ सय ३६ सङ्कलन गरिएको थियो। बाँकी रु. २४ हजार १ सय ६४ सङ्गठनको खाताबाट थप गरी कुल रु. १ लाख १ हजार सहयोग गरिएको सङ्गठनले जनाएको छ।
सङ्गठनका अध्यक्ष हरि बहादुर पाण्डेका अनुसार विपद्का बेला पीडित नागरिकको साथमा उभिनुपर्ने सामाजिक दायित्वलाई आत्मसात् गर्दै व्यवसायी तथा सहयोगीहरूबाट रकम सङ्कलन गरी राहत कोषमा पठाइएको हो।
उनले प्राकृतिक विपद्का कारण घरबार तथा धनसम्पत्ति गुमाएका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए। मोबाइल व्यवसायीहरूबाट प्राप्त सहयोगले विपद्मा परेका नागरिकलाई केही भए पनि राहत पुग्ने अपेक्षा गरिएको सङ्गठनले जनाएको छ।
सङ्गठनले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् तथा अन्य मानवीय कार्यमा आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता जनाएको छ।
प्रकाशित मिति: २०२६-०८-२९ , समय : १३:१६:४७ , २ घन्टा अगाडि