नवलपरासीमा पहिचानविहीन शवको डीएनए परीक्षण

रुपन्देही खबर , ५४  पटक हेरिएको

नवलपरासी, भदौ १५

पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा रहेका शवको तीन जना चिकित्सकहरुले शवको डिएनए परीक्षण गरिरहेका छन् । दुई जना जिल्ला अस्पताल र एक जना बुटवलका फरेन्सी चिकित्सकबाट डिएनए परीक्षण भइरहेको छ ।

परिचय खुल्न नसेका शवहरुको डिएनए परीक्षण गरेर व्यवस्थापनका लागि पठाइँदै गरिएको पृथ्वीचन्द्र जिल्ला अस्पतालका मेडिकल सुपरिडेन्डेन्ट डाक्टर बृज यादवले जानकारी दिनुभयो । जिल्ला अस्पतालमा अहिलेसम्म १९ वटा अङ र एक शरीर गरी २० जनाको डिएन परीक्षण गरी व्यवस्थापनका लागि पठाइएको छ ।

शवहरुको सुनवल नगरपालिका–४ अलकत्रा डाँडामा व्यवस्थापन भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मदन थापाले परासी पत्र अनलाइनलाइ जानकारी दिनुभयो । माटो मुनी व्यवस्थापन गरिएका शवहरुको पहिचानका लागि जमिनमुनी र जमिन माथि दुवै ठाउँमा छुट्टाछुट्टै नम्बर राखिएको छ ।

नम्बरका आधारमा अभिलेख खोजी गर्न सकिने भएकाले आफन्तले पछि पनि शव आफन्तको हो वा होइन भन्ने पहिचान गर्न सक्ने प्रहरीले जनाएको छ ।

परासी पत्र

 

 

प्रकाशित मिति: २०२६-०८-३१ , समय : १०:४१:४० , १ घन्टा अगाडि