नेत्रहिन युवा संघद्धारा अपाङ्गता उमेद्बारी सुनिश्चितताका लागि पार्टी कार्यालयमा ज्ञापन

ममता बि.सि , ७५४  पटक हेरिएको

बुटवल, भदौ २७

नेत्रहिन युवा संघ नेपाल रुपन्देहीले यहि मंसिर ४ गते हुन गइरहको प्रदेश र संघिय प्रतिनिधि सभा निर्वाचनमा अपाङ्गता भएको व्यक्तिहरुको उम्मेदवारी सुनिश्चितता लागि जिल्ला स्तरका पार्टी कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

सोमबार रुपन्देही जिल्लाको भैरहवा र बुटवलका प्रदेश, जिल्ला र नगर कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । पहुच परियोजनाका संयोजक लक्ष्मी पाण्डेयको नेतृत्वमा गएको टोलीले रुपन्देही जिल्लाको नेपाली काग्रेस जिल्ला कार्यालय भैरहवा ज्ञापन पत्र बुझाएको हो ।


जिल्ला सचिव हरि काफ्ले सहित क्षेत्रीय सभापती शुसिल गुरुङ्गलाई अपाङ्गता अभियान्ता राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश निर्वतमान सचिव सावित्रा घिमिरे, परियोजना संयोजक लक्ष्मी पाण्डे, नेत्रहिन युवा संघ नेपाल रुपन्देही जिल्ला समिति सदस्य गंगा भुषाल, सदस्य सन्दीप ज्ञवाली, प्रोमेटर इसराज भट्ट लगायतको सहभागीतामा ध्यानाकर्षण पत्र बुझाइएको हो ।

कार्यक्रममा प्रतिवद्धा प्रकट गर्दै नेपाली काग्रेसका क्षेत्रीय सभापती शुसिल गुरुङ्गले अपाङ्गताको समस्या र माग उपर उचित संवोधन गर्ने बताउनु भएको छ ।

यस्तै नेकपा एमाले जिल्ला पार्टी कार्यालय भैरहवामा पनि सोही टोलीले ज्ञापन पत्र बुझाएको छ । पार्टीका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, जिल्ला सचिव यज्ञ गैरे सहितको टोलीलाई ज्ञापन पत्र बुझाएको हो ।

यस्तै नेकपा माओवादी केन्द्र बुटवल नगर कमिटि कार्यालयमा पुगेर पनि ध्यानाकर्षण पत्र बुझाइएको छ । पार्टीका वडा नम्बर ११ अध्यक्ष प्रकाश परियार, नगर कमिटि सदस्य कलम भुषाल, हर्क थापा सहितको टोलीलाई परियोजनाको तर्फबाट लक्ष्मी पाण्डे सहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्र बुझ्दै पार्टीका वडा अध्यक्ष प्रकाश परियारले अपाङ्गताको संवोधन गर्ने मुख्य पार्टी नै नेकपा माओवादी केन्द्र रहेको भन्दै यसलाइ संवोधन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

यस्तै मंगलबार एकिकृत समाजवादी पार्टी कार्यालयमा पनि ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको छ । समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचिमा उमेदवारको नाम दलहरुले सूचीकृत गर्दा अनिर्वाय अपाङ्गता भएका व्यक्तिहरु प्रतिनिधित्व हुने सुनिश्चित गरियोस र अनिर्वाय अपाङ्गता परिचय पत्र पेश गर्नु पर्ने व्यवस्था लागु गर्न राजनैतिक दलहरुले त्यसको लागि आवश्यक पहल र कानुन निर्माण गर्न माग सहितको ज्ञपन पत्र बुझाइएको हो ।

यस्तै बुझाइएको ज्ञपन पत्रमा
पहुचयुक्त निर्वाचन वातावरण (मतदाता शिक्षा, प्रचार सामग्री, मतदान केन्द«हरु , निर्वाचनमा उमेदवारी अपाङ्गता मैत्री) बनाउने सुनिश्चितता दलहरुको घोषण पत्रमा समावेश गर्न माग गरिएको छ ।

अन्य ध्यानाकर्षण बुदाहरु यस्ता छन् ।
अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य, रोजगारी, सीपमूलक तालिम, पुन स्र्थापना लगायतका सामाजिक सुरक्षा प्रत्याभुतिका सवालहरुलाई पहुँचयुक्त बनाउने कुरामा बिभिन्न योजना र कार्याक्रमहरु राजनैतिक दलहरुले घोषण पत्रमा समेति प्रतिबदता जारी गरियोस ।
सबै राजनीतिक दलहरुको घोषण पत्रमा समवाशी शब्दहरु प्रयोग गर्दा महिला, जनजाती, अल्पसंख्यक, दलित, मधेश, संगै अपाङ्गता शव्द पनि अनिर्वाय आत्मासात गरि उल्लेख गरियोस ।
अपाङ्गता भएका व्यक्तिहरु लाई राजनैतिक दलहरु ले घोषण पत्रमा र नेताहरुले प्रयोग गर्ने भाषामा शुद्घ र एकरुपता होस साथै व्यक्तिलाई जनाउने विभेदकारी शब्द अपांग, अपाङ्ग, भिन्न क्षमता, फरक क्षमता, बिक्लान आदि शब्दहरुको सट्टामा अपाङ्गता भएका व्यक्ति प्रयोग गरियोस। त्था साङ्ग, सपाङ्ग, सामान्य को सट्टामा अपाङ्गता नभएको व्यक्ति भन्ने शब्द प्रयोग गरियोस ।

पूर्वाधार बिकासहरु र सूचना प्रणाली अपाङ्गता मैत्री बनाउन बिश्व व्यापी पहुचयुक्त मापदण्ड अनुरुप निर्माण गर्ने साथै स्थानीय तहका सार्वजनिक सेवा, स्थान तथा अन्य सुविधाहरुमा अपाङ्गता भएका व्यक्तिहरुको पहुचको सुनिश्चिता राजनैतिक दलहरुले घोषण पत्र मार्फत सम्वोधन गर्नु पर्छ ।

संवैधानिक रुपमा पछाडि पारिएका, अल्पसंख्यक र सीमान्तिकृत समुदायको हकहितको संरक्षण राष्ट्रिय समावेशी आयोगको व्यवस्था गरिएपनि यसले समग्रमा अन्य वर्ग, समुदाय, जाति बिषेशहरुलाई समेट्नु पर्ने भएकोले अपाङ्गताको सवाल ओझेलमा परिरहेको सर्वविदितै छ । तसर्थ राजनीतिक दलहरुले घोषण पत्र मार्फत अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण, हितकारी कानून र नीति निर्माण, कार्याक्रम कार्यान्वयन र त्यसको त्यसको अनुगमन गर्ने गरि एक संवेधानिक वा कानुनी आयोग गठन गर्न प्रतिवदता जाहेर गर्न माग गर्दछौं।

प्रकाशित मिति: २०२२-०९-१२ , समय : १९:१८:४९ , २ वर्ष अगाडि