ममता बि.सि , ४३१ पटक हेरिएको

भैरहवा, भदौ २८
नेत्रहिन युवा संघ नेपाल रुपन्देहीले यहि मंसिर ४, २०७९ मा हुन गइरहको प्रदेश र संघिय प्रतिनिधि सभा निर्वाचनमा अपाङ्गता भएको व्यक्तिहरुको उम्मेदवारी सुनिश्चितता लागि जिल्ला स्तरका पार्टी कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
मंगलबार एकिकृत समाजवादी पार्टी कार्यालयमा पनि ज्ञापन पत्र बुझाइएको छ ।परियोजना संयोजक लक्ष्मी पाण्डेको संयोजकत्वमा गएको टोलीले पार्टीका जिल्ला अध्यक्ष अविराम विश्वकर्मा, उपाध्यक्ष चिन बहादुर गुरुङ्गलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझ्दै अध्यक्ष अविराम विश्वकर्माले अपांगताका आधारमा नेतृत्व गर्ने व्यक्तीको सक्षमतालाई खोस्न नहुने कुरामा जोड दिनुभएको छ । उहाले राम्रो काम गर्ने सक्रिय व्यक्ती छ भने व्यक्तीको अपांगता नहेरी आफ्नो पार्टीले अवसर दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचिमा उमेदवारको नाम दलहरुले सूचीकृत गर्दा अनिर्वाय अपाङ्गता भएका व्यक्तिहरु प्रतिनिधित्व हुने सुनिश्चित गरियोस र अनिर्वाय अपाङ्गता परिचय पत्र पेश गर्नु पर्ने व्यवस्था लागु गर्न राजनैतिक दलहरुले त्यसको लागि आवश्यक पहल र कानुन निर्माण गर्न माग सहितको ज्ञापन पत्र बुझाइएको हो ।
यस्तै बुझाइएको ज्ञपन पत्रमा पहँचयुक्त निर्वाचन वातावरण, मतदाता शिक्षा, प्रचार सामग्री, मतदान केन्दहरु , निर्वाचनमा उमेदवारी अपाङ्गता मैत्री बनाउने सुनिश्चितता दलहरुको घोषण पत्रमा समावेश गर्न माग गरिएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य, रोजगारी, सीपमूलक तालिम, पुन स्र्थापना लगायतका सामाजिक सुरक्षा प्रत्याभुतिका सवालहरुलाई पहुँचयुक्त बनाउने कुरामा बिभिन्न योजना र कार्याक्रमहरु राजनैतिक दलहरुले घोषणा पत्रमा समेटि प्रतिबद्धता जारी गर्न माग गरिएको छ ।
अपाङ्गता अभियान्ता सावित्रा घिमिरे, नेत्रहिन युवा संघ सदस्य गंगा भुषाल, सदस्य सन्दीप ज्ञवाली, प्रोमेटर इसराज भट्ट लगायतको सहभागीतामा ज्ञापन पत्र बुझाइएको हो ।सोमबार सोही टोलीले एमाले कांग्रेसको पार्टी कार्यलयमा पनि ध्यानाकर्षण पत्र बुझाएको थियो ।
प्रकाशित मिति: २०२२-०९-१३ , समय : २०:३७:११ , ३ वर्ष अगाडि