उद्योग वाणिज्य संघ कृष्णनगर अध्यक्ष गुप्ता एमालेमा प्रवेश

रुपन्देही खबर , ५२३  पटक हेरिएको

कृष्णनगर, असोज १४

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने रामकुमार गुप्ता लाई आज नेकपा एमालेका राष्ट्रीय अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनु भएको छ । रामकुमार गुप्ता कृष्णनगरमा सक्रिय राजनीति गर्दै आउनु भएको व्यक्तिको रूपमा परिचत हुनुहुन्छ भने हाल उहां उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष पदमा रहनु भएको छ ।

उहालाई पार्टीमा आउन लामो समयदेखि राष्ट्रीय युवा संघ कृष्णनगर अध्यक्ष तथा प्रदेश शभा सदस्यका प्रबल दावेदार मिर्जा राशिद बेगले पहल गर्दै आउनु भएको थियो । गुप्ता पार्टी प्रवेश गरेपछि कृष्णनगरमा एमाले समर्थकमा थप उर्जाका साथ आउने चुनावमा पार्टीलाई सहयोग हुने विश्वास पार्टी समर्थकले गरेका छन् l

प्रकाशित मिति: २०२२-०९-३० , समय : १६:०४:१० , २ वर्ष अगाडि