कपिलवस्तु बहुमुखी क्याम्पसमा युवा लक्षित सचेतना कार्यक्रम सम्पन्न

धनी राम कोरी , ५१२  पटक हेरिएको

ताैलिहवा, असाेज ३१

कपिलवस्तु जिल्लाकाे सदरमुकाममा स्थित कपिलवस्तु बहुमुखी क्याम्पसमा ” लागू औषध रहित परिवार : स्वस्थ जीवनकाे आधार ” भन्ने मुल नाराका साथ युवा लक्षित सचेतना कार्यक्रम आज सम्पन्न भएको छ ।

लागुऔषधबाट कसरी आफु बच्ने र अरुलाइ बचाउने , समाज निर्माणमा युवाकाे भुमिका, विद्यार्थीहरुलाई लागू पदार्थबाट कसरी बचाउने, युवाको देश निर्माणमा मुख्य भुमिकाको विषयवस्तुमा छलफल भएको थियो ।

कपिलवस्तु बहुमुखी क्याम्पसका प्रमुख डा. विनय पाण्डेयले लागु पदार्थ समाजकाे साझ समस्या भएकोले गर्दा सबैले मिलेर नियन्त्रण गर्नुपर्ने बताउनु भएको छ। युवा पिडीमा लागू पदार्थको वढी समस्या रहेकोले समाजलाई युवाले नै परिवर्तन गर्नु पर्नेमा जोड दिनु भयो ।

कपिलवस्तुको सहायक प्रमुख जिल्ला अधिकारी एवम् लागु औषध नियन्त्रण अधिकारी अनिल पाैडेलले युवा समाजकाे ऐन भएको बताउदै समाजमा कसरी उदाहरणीय व्यक्ति बन्ने र आफुलाई समाजमा कसरी प्रस्तुत गर्ने बारेमा बताउनु भयो । पाैडेलले भन्नु भयो पढाइ र काम छुट्टाछुट्टै पाटाे हो । लागू औषध नियन्त्रण गर्नकाे लागि समाजकाे भुमिका पनि बढी हुन्छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुकाे आयाेजना र कपिलवस्तु बहुमुखी क्याम्पसकाे संयाेजनमा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कपिलवस्तु बहुमुखी क्याम्पसका प्राध्यापक र विद्यार्थीहरुकाे सहभागीता रहेको थियोे ।

प्रकाशित मिति: २०२२-१०-१७ , समय : १८:११:५५ , २ वर्ष अगाडि