नवौं राष्ट्रिय खेलकुद कुस्ती प्रतियोगितामा एपीएफ क्लव ९ स्वर्ण पदक जित्यो

रुपन्देही खबर , १६९  पटक हेरिएको

कावासोती, कार्तिक १

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको कुस्ती प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लवले ९ वटा स्वर्ण पदक जितेको छ ।

पूर्वी नवलपरासी (नवलपुर)मा २० स्वर्ण पदकका लागि भएको खेलमा एपीएफले पुरुषतर्फ ४ र महिलातर्फ ५ गरी कुल ९ स्वर्ण पदक जितेको हो । कुस्तीमा महिला र पुरुष दुबैतर्फ १०/१० स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

पुरुषतर्फको खेलमा एपीएफले चार वटा स्वर्ण पदक जित्दा मधेश प्रदेशले ३ स्वर्ण, विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल प्रहरी तथा लुम्बिनी प्रदेशले १/१ स्वर्ण पदक जितेका छन ।

एपीएफका लागि ५७ केजी तौल समूहमा कुन्दन साह, ६५ केजी तौल समूहमा सुजित यादव, ७० केजी तौल समूहमा उमेशकुमार ठाकुर र ६९ केजी तौल समूहमा बलिराम यादवले स्वर्ण पदक जिते ।

कुस्तीमा मधेश प्रदेशका लागी ६१ केजी तौल समूहमा अमेरशकुमार यादव, ८६ केजी तौल समूहमा लालबहादुर यादव र १२५ केजी तौल समूहमा राज यादवले स्वर्ण जिते ।

आर्मीका लागि ७४ केजी तौल समूहमा सुरेश चुनार र ९७ केजी तौल समूहमा नेपाल प्रहरीका सुमिर शाहले स्वर्ण पदक हात पारे । त्यस्तै, लुम्बिनी प्रदेशका लागि ९२ केजी तौल समूहमा रमेश गोतामेले स्वर्ण पदक हात पारे ।

कुस्तीको महिलातर्फका आर्मी र सुदूर पश्चिम प्रदेशले समान पाँच/पाँच वटा स्वर्ण पदक जितेका हुन ।

आर्मीका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जितेका छ्न ।

सुदूरपश्चिम प्रदेशका लागि ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनिसा सिंह, ५५ केजी तौल समूहमा संगिता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले स्वर्ण पदक जितेका छ्न।

कुस्ती खेल कावासोती–१६ मा रहेको थारु राष्ट्रिय संग्रहालयको हलमा सञ्चालन भएको थियो ।

प्रकाशित मिति: २०२२-१०-१८ , समय : १५:४७:३९ , २ वर्ष अगाडि