बझाङमा जीप दुर्घटना हुदा सात जनाको मृत्यु,६ जना घाइते

रुपन्देही खबर , ३२२  पटक हेरिएको

बझाङ, कार्तिक २

बझाङमा आज जीप दुर्घटना हुदा सात जनाको मृत्यु भएको छ । मष्टा गाउँपालिका १ तुफानडाँडा नजिकै जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा ६ जना घाइते भएका छन् ।

बुधबार साढे ४ बजे मष्टा गाउँपालिका १ डुग्रीबाट भातेखोला जाने क्रममा सु.प.प्र.००१ च ११७ नम्बरको जीप दुर्घटना भएको हो । जीप दुर्घटना भई सडक भन्दा झण्डै ३ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा मृत्यु भएकामध्ये ४ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिनु भएको छ । जीपमा सवार अन्य यात्रुहरूको खोजी कार्य जारी रहेकोे उहाको भनाइ छ ।

सनाखत भएका मृतकहरुमा मष्टा २ का वर्ष १३ की सम्झना खड्का, वर्ष १५ का रोशन खड्का, वर्ष १६ का प्रचण्ड खड्का र बर्ष २८ की बसन्ती धामी रहेका छन् ।

बाँकी ३ जनाको सनाखत भइसकेको छैन । दुर्घटनामा घाइतेहरुको उद्दार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासहित स्थानीय घटनास्थलमा खटिएका छन् ।

प्रकाशित मिति: २०२२-१०-१९ , समय : १८:४०:०३ , १ वर्ष अगाडि