बुटवल निवासी इन्सपेक्टर सन्जय बुचा प्रदेश नम्बर १ कै उत्कृष्ट प्रहरी

रुपन्देही खबर , ४०१  पटक हेरिएको

भैरहवा, कार्तिक २

६७ औ प्रहरी दिवसको अवसरमा प्रदेश नम्बर १ बाट उत्कृष्ट प्रहरीको रुपमा प्रहरी निरीक्षक (इन्सपेक्टर) सन्जय बुचा सम्मानित हुनु भएको छ ।


१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा सोमबार आयोजित कार्यक्रममा रुपन्देहीका बुटवल निवासी इन्सपेक्टर (प्रहरी निरीक्षक) सन्जय बुचा प्रदेश नम्बर १ बाट उत्कृष्ट कार्य गर्ने प्रहरीको रुपमा सम्मानित हुनु भएको हो ।

प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाले प्रहरी निरीक्षक बुचालाइ सो सम्मान प्रदान गर्नु भएको हो ।

प्रदेशमा शान्ति सुरक्षा कायम गरेको ,अपराध नियन्त्रणमा महत्वपूर्ण भुमिका निर्वाह गरेको , समुदाय प्रहरी साझेदारीमा सहयोग गरेको साथै स्थानीय निकायको निर्वाचनमा जोखिमपुर्ण तथा साहसिक कार्य गरेको भन्दै प्रदेश नम्बर १ का प्रहरी प्रमुख (प्रहरी नायब महानिरीक्षक) सुदिप गिरीले प्रहरी निरीक्षक बुचालाइ कार्यको आधारमा प्रदेश नम्बर १ कै उत्कृष्ट प्रहरीको रुपमा घोषित गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२२-१०-१९ , समय : २०:३४:५३ , १ वर्ष अगाडि